दफा ४९
हुलाक अड्डाका लिखतहरु जालसाजी गरी बनाएमा, हेरफेर गरेमा, दबाएमा वा नष्ट गरेमा सजाय
: कसैले जालसाजी गरी कुनै लिखत गलत किसिमसंग तयार गरेमा वा कुनै लिखत हेरफेर गरेमा वा दबाएमा वा नष्ट गरेमा निजलाई बढीमा दुई वर्षसम्म कैदै वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।